पोखरामा दिउँसै अन्धकार
लहनान्युज | चौलागा तृतीया ११४२, बैसाख ६ मंगलवाः
![](https://www.lahananews.com/sites/default/files/phokhara.jpg)
पोखरामा आज मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण पानी पर्दा दिउँसै अन्धकार भएको छ।
पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ।
पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ ।
यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ।