२०८१ श्रावण ७, सोमबार

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुले

लहनान्युज | चौलाथ्व अष्टमी ११४२, २६ सनिवाः

विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो।
 
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्।
 
आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ।
 
यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भ¥याङ प्रयोग गरिएको छ । यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो।
 
दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधारशिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ।