रुसले युक्रेनमा युद्धको कमाण्डर परिवर्तन गरे
लहनान्युज | चौलाथ्व अष्टमी ११४२, २६ सनिवाः
रुसले युक्रेनमा आक्रमण शुरु गरेको ४४ औं दिनमा युद्धको कमाण्डर परिवर्तन गरेको छ।
४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेक बीबीसीले जनाएको छ।
यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ।
रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । रुसले किभ लगायत मुख्य सहर कब्जा गर्न सकेको छैन भने अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित भएको छ।