विश्व बैंकसँग खोप खरिद २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरे
लहनान्युज | सल्लागा नवमी ११४२, फागुन १३ शुक्रवाः
विश्व बैंकसँग कोभिडविरुद्धको खोप खरिद गर्न सरकारले २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।
अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।
पाँच वर्षभन्दा माथिका सबै नेपालीलाई खोप व्यवस्था गर्न उक्त ऋण रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।
ऋण सम्झौतामा हस्ताक्षर गर्दै विश्व बैंकका नेपाल, माल्दिभ्स एवम् श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकले दिन लागेको थप ऋण सहायताबाट नेपालको ठूलो जनसंख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे ।
ऋण सहायता र कोभिड १९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्व तयारी आयोजनाले कोभिड महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरणमा उपयोग हुने विश्व बैंकको भनाइ छ।