चाउचाउ कारखानामा लागेको आगो १२ घन्टापछि नियन्त्रण
लहनान्युज | सिल्लाथ्व एकादशी ११४२, माघ २९ सनिवाः
मगमग चाउचाउ कारखाना मेचीनगर १४ दुहागढीमा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ।
चाउचाउ कारखानामा लागेको आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १० घन्टा समय लागेको थियो।
मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा आज बिहान करिब साढे ४ बजेदेखि विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो।
मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दैआएको थियो।
आगलागीका कारण सिंगो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्ण रुपमा नष्ट भएको संचालक बुद्धि घिमिरेले दाबी गरेका छन्।