२०८१ आषाढ १९, बुधबार

कांग्रेसले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने

लहनान्युज | सिल्लाथ्व अष्टमी ११४२, माघ २६ बुधवाः

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।
 
स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल गरिने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
 
बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको छ ।
 
बुधबार बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति वैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।