२०८१ भाद्र ९, आइतबार

संसदीय समितिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिबारे छानबिन गर्ने

लहनान्युज | सिल्लाथ्व सप्तमी ११४२, माघ २५ मंगलवाः

संसदीय समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे छानबिन गर्ने भएको छ ।
 
बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको छ ।
 
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिनेगरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापतिले जानकारी दिइन् ।
 
बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका थिए ।