युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान
लहनान्युज | थिंलागा सप्तमी ११४२, पुष ११ आईतवाः
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले सूचना प्रकाशन गर्दै इच्छुक व्यक्तिबाट सात दिनभित्र आवेदन माग गरेको हो।
उपाध्यक्ष नियुक्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा युवाका क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने मापदण्ड तोकेको छ।
२८ देखि ४५ वर्ष उमेर ननाघेका र कम्तिमा स्नातक तह उतीर्ण गरेका युवाले दरखास्त दिन सकिने मन्त्रालयले जनाएको छ।