भारतका १६ वटा राज्यमा ओमिक्रोन भेरियन्ट फेलिए
लहनान्युज | थिंलागा चतुर्थी ११४२, पुष ८ बिहीवाः
![](https://www.lahananews.com/sites/default/files/in-omyan.jpg)
ओमिक्रोन भेरियन्ट भारतका १६ वटा राज्यमा फेलिएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो।
भारतमा अहिले सम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ । यसमध्ये १०४ जना निको वा अन्यत्र गइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।
ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा ६५ जनामा पुष्टि भइ सकेको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ।
त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भइ सकेको छ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएको एएनआईले जनाएको छ।