बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री
लहनान्युज | थिंला एकादशी ११४२, मंसीर २८ मंंगलवाः
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद विस्तार गरेका छ।
मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन्।
आज भएको मन्त्रिपरिषद विस्तारमा माओवादी केन्द्रबाट घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन्।
त्यसैगरी एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन्
हाल वागमती मन्त्रिपरिषद ५ सदस्यीय छ र मंगलबार ६ जना थप भएका छन् ।